Skip to main content

स्वयमसेवक शिक्षकको लागी १२ हजार भन्दा बढीको आवेदन



सरकारले आह्वान गरेको स्वयमसेवक शिक्षकको लागी १२ हजार भन्दा बढीको आवेदन परेको छ । सामुदायिक बिद्यालयमा शिक्षक अभाव कम गर्न सरकारले स्वयमसेवक शिक्षकको लागी फागुन १६ गते आवेदन माग गरेको थियो ।

सरकारले करिव १५०० स्वयमसेवक शिक्षकका लागि आवेदन खुलाए पनि आजसम्म झण्डै १२ हजार बढीको आवेदन परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जनाएको छ । आवेदकहरुको सर्टिफीकेटमा प्राप्त गरेको अङकको आधारमा स्वयमसेवक शिक्षक छनोट गरिने केन्द्रले जनाएको छ । स्वयमसेवक शिक्षकका लागी स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकबाट केन्द्रले आवेदन माग गरेको थियो ।

शिक्षक संख्या कम भएका सरकारी विद्यालयमा पढाउन अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरूले निवेदन दिन पाउने केन्द्रको प्रावधान थियो । छनोट भएका स्वयमसेव शिक्षकहरुले शैक्षिक सत्र २०७७ बैशाखदेखी २०७७ चैतसम्म सरकारी विद्यालयमा पढाउन पाउने छन् ।

Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान