Skip to main content

शिक्षक लाइसेन्सको नतिजा खस्किँदो अवस्थामा, हासम्मको नतिजामा १५ प्रतिशत मात्रै उत्तीर्ण !

 


शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को हालसम्म १२ वटा विषयको परीक्षाफल सार्वजनिक गरिसकेको छ । तर नतिजा भने, सोचेको जस्तो आउन सकिरहेको छैन् ।

आयोगले गत हप्ताको मंगलबार साझदेखि लाइसेन्सको परीक्षाफल प्रकाशन शुरू गरेको हो । आयोगले हालसम्म माध्यामिक तहको १२ वटा विषयको नतिजा सार्वजनिक गरिसकेको छ । उक्त १२ वटा विषयको नतिजालाई हेर्दा शिक्षक लाइसेन्सको नतिजा दिनानुदिन खस्किदै गएको अनुमान गर्न सकिन्छ । आयोगले ईलेक्ट्रिकल इञ्जिनीयरिङ, सिभिल इञ्जिनीयरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनीयरिङ, कम्प्युटर विज्ञान, कार्यालय संञ्चालन तथा लेखा, विज्ञान, नेपाली, गणित र सामाजिक विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।

आयोगले माध्यामिक तहको शिक्षक लाइसेनसको परिक्षाको नतिजा सार्वजनि गर्नेक्रम अन्तिम चरणमा पुगेको जनाएको छ । अब सम्भवत अनिवार्य अंग्रेजी विषयको नतिजामात्र आउन बाँकी छ । न्यूनतम ५० अंक प्राप्त गर्ने उम्मेद्वारहरू उत्तीर्ण हुने व्यवस्था अनुसार नतिजा सार्वजनिक गरिएको हो । हालसम्मको नतिजाअनुसार ईलेक्ट्रिकल इञ्जिनीयरिङका लागि ९१ परीक्षार्थी सहभागी थिए । जसमध्ये ४३ जना पास भएका छन् । की उल्लेख नगर्दा पाँच जना परीक्षार्थीको वस्तुगततर्फको उत्तरपुस्तिका रद्द गरिएको छ । त्यस्तै सिभिल ईञ्जिनीयरिङका लागि २५८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ४९ जना मात्र पास भएका छन् । चार जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।

पशु विज्ञानका लागि परीक्षामा ४३ जना सहभागी भएकोमा २९ जना पास भएका छन् । त्यस्तै बाली विज्ञानका लागि ३८० जना परीक्षार्थी थिए । जसमा २४९ जना पास भएका छन्, भने १५ जनाको परीक्षा रद्द गरिएको छ । कानूनमा ४४ जना परीक्षामा सहभागी भएकोमा ३५ जना, कम्प्युटर ईञ्जिनीयरिङका लागि परीक्षामा १७९ जना सहभागी भएकोमा ६० जना पास र तीन जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, कम्प्युटर विज्ञानको परीक्षामा ६५५ जना सहभागी भएकोमा ३४८ जना पास भएका छन् । ३२ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै कार्यालय संञ्चालन तथा लेखाका लागी ३९ सय २७ जना सहभागि भएकोमा ७ सय ७९ जना मात्रै उत्तीर्ण भएका छन् । एक सय ५६ जनाको परीक्षा रद्द गरिएको छ । यसैगरि शुक्रबार साझ प्रकाशित विज्ञान विषयमा ६ हजार ८ सय ८३ जना सहभागि भएकामा जम्मा १२ सय ९५ जना परिक्षार्थी मात्रै उत्तीर्ण भएका छन्, भने एक सय ८८ जनाको कि उल्लेख नगरेकाले परिक्षा रद्द गरिएको छ ।

यसैगरी नेपाली विषमा १६ हजार ४७ जनाले परिक्षा दिएकोमा २७ सय ३८ जनामात्रै उत्तीर्ण भएका छन् । जसमा ६ सय ५८ जनाले कि उल्लेख नगरेकाले परिक्षा रद्द गरिएको छ । यसैगरी समाजिक विषयमा १० हजार ७ सय ६१ जनाले परीक्षा दिएकोमा ७ सय ९ जनामात्रै उत्तीर्ण भएका छन्, भने, ४ सय ५८ जनाले कि उल्लेख नगरेको र ५ जनाको परीक्षा नै रद्द गरिएको आयोगले जनाएको छ । गणितमा ५ हजार एक सय २५ जना सहभागि भएकोमा ४ सय ४२ जनामात्रै परिक्षमा उत्तीर्ण भएका छन् भने, एक सय ३९ जनाले कि उल्लेख नगरेको भेटिएको छ । यस्तै २ जनाको परीक्षा नै रद्द गरिएको छ ।

यी १२ वटा विषयमा ४४ हजार ३ सय २२ जनाले परीक्षा दिएका थिए । जसमा ६ हजार ७ सय ७९ जना मात्रै उत्तीर्ण भएका छन् । यो १२ वटा विषको नतिजा हेर्दा समग्रमा लाइसेन्स परिक्षामा १५ प्रतिशत परिक्षार्थीहरु मात्रै उत्तीर्ण भएका छन् । पास भएकाहरूले सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत अध्यापन अनुपति पत्र प्राप्त गर्नेछन् ।

शिक्षक लाइसेन्सको माध्यामिक तहको नतिजा हेर्दा परीक्षार्थीको अवस्था निकै कमजोर देखिएको छ । वस्तुगततर्फ राम्रै देखिए पनि लिखितमा एकदम कमजोर रहेको आयोग स्रोतको भनाइ रहेको छ । नतिजा आउन अझै केहि विषयको बाँकी नै रहेकाले अहिले नै सबै विषयमा परिक्षार्थीको अवस्था कमजोर देखियो भनेर भन्न सकिदैन् । तर माध्यामिक तहको नतिजा प्रकाशनको अन्तिम चरणमा पुग्न लाग्दा नतिजा भने चाहेको जस्तो आउन सकिरहेको छैन् ।

नतिजाअनुसार परिक्षार्थीको अवस्था कमजोर रहेको हो या सम्बसन्धित क्षेत्रको कमजोरी हो त्यो सबै विषय र तहको नतिजा आइसकेपछि समिक्षाको विषय बन्ने नै छ । तर, सम्रगमा हालसम्म नतिजा प्रकाशन भएका विषयको अवस्था हेर्दा यो पटक भने, नतिजाको प्रतिशत खस्किदै गएको देखिन्छ ।

Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान