Skip to main content

अनुदान शिक्षकका लागि बजेट पारित।


सरकारले यसवर्ष अनुदान शिक्षकका लागि बजेट पारित गरिसकिएको जनाएको छ । तर यो रकम समयमै निकासा नहुँदा शिक्षकहरु भने चिन्तित छन ।
चालू आर्थिक वर्षको बजेट निकासा भएको दुई महिना भई सक्दा पनि अनुदान शिक्षकको पारिश्रमिक स्थानीय तहमा निकासा नहुँदा उनीहरु चिन्तित भएका हुन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालयलाई दिँदै आएको अनुदान शिक्षकको रकम समयमै निकासा नहुँदा शिक्षकहरुले पारिश्रमिक पाउने कि नपाउने भन्ने अन्योलमा रहेका छन् ।

सरकारले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि स्थानीय तह मार्फत अंग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालनमा ल्याएपछि आफूहरुलाई विस्थापित गर्न खोजिएकाले रकम निकासा नगरेको उनीहरुको गुनासो छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा तुलसीप्रसाद थपलियाले अनुदान शिक्षकको लागि बजेट पारित भइसकेको तर यसलाई कार्यान्वयनमा ल्याउन भने केही समय लाग्ने बताउनु भएको छ। अघिल्ले वर्ष प्रयास गर्दा गर्दै र कोरोना भाइरसको कारणले बजेट निकासा गर्न नसकेको र यसै बर्ष जसरी भए पनि कार्यान्वयनमा ल्याउने बताउनु भएको छ।

Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान