SEE परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबार सम्ममा प्रकाशित हुने भएको छ । उपनियन्त्रक महेश्वर शर्माको अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र कुनै समस्या नआएमा मंगलबार सम्ममा नतिजा प्रकाशित हुने भएको हो । उहाले एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेको बताउनुभयो।
यस वर्षको SEE परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए । तर कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो । पछि परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको थियो।
SEE नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर 34949 मा पठाउन सकिन्छ । उदाहरणको लागि तपाइँको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर 34949 मा पठाउने त्यसपछि नतिजा को बारेमा जानकारी तपाईंको एसएमएस मा आउनेछ।
त्यसैगरी see.ntc.net.np मा गएर समेत एसइईको नतिजा हेर्न सकिनेछ।
Good news
ReplyDeleteHor
ReplyDeleteSee ko results koila hoo
ReplyDelete