एकीकृत अखिल नेपाल शिक्षक संगठन Unified All Nepal Teachers' Organization Central Committee स्था-२०५० मिति: २०८२/०२/०५ विषय: विज्ञप्ति शिक्षा, स्वास्थ्य तथा सूचना लगायत सार्वजनिक सेवा क्षेत्रमा अनन्तर्नी गरी उपनिर्देशन मिति २०८२/२/२ गतेको मिति निर्देश अनुसार समायोजन गरिएका, र त्यसमा अवरोध गरिएका प्राविधिक शिक्षालयहरु, स्वास्थ्य संस्था, बाल विकास, प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालय सम्मका विषयगत शिक्षकहरु लगायतका शिक्षक कर्मचारीहरुको समस्याको समाधानका लागि विज्ञप्ति जारी गरिएको छ। शिक्षा, स्वास्थ्य, र सूचना जस्ता अत्यन्तै महत्वपूर्ण सार्वजनिक सेवा क्षेत्र अन्तर्गत कार्यरत प्राविधिक शिक्षालय, स्वास्थ्य संस्था, बाल विकास, विद्यालय शिक्षाका विभिन्न तह तथा स्तरमा कार्यरत शिक्षक/कर्मचारीहरुको हक, अधिकार, समायोजन, नियुक्ति, पदोन्नति, सेवासुविधा लगायतका समस्याहरु दीर्घकालीन समयदेखि समाधान हुन नसक्दा शिक्षक कर्मचारीहरुमा आक्रोश, निराशा, असन्तुष्टि, असुरक्षा र अन्यौलताको स्थिति रहेको छ। संगठनले देशैभरिका विद्यालय शिक्षक/कर्मचारीहरुलाई संगठित गर्दै उठाइएको मागहरुप्रति राज्य गम्भीर हुनुपर्न...