Skip to main content

शिक्षकहरुका माग सम्बोधनका सन्दर्भमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक


 काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् ।


शिक्षक र सरकारबिच भएका सहमतिहरुलाई १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिएको थियो । २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न १६ वैशाखमा सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको थियो ।


हेर्नुहोस् मन्त्रिपरिषद्ले गरेका निर्णय

१. शिक्षकहरूको स्वास्थ्य उपचारको सन्दर्भमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२. अस्थायी प्रकृतिका (राहत, अस्थायी, करार, साविक उच्च मावि, सिकाइ अनुदान र प्राविधिक धारका विशेष शिक्षक र बालविकास सहजकर्ता)को बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाको बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

४. आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमीक तीतृय, प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम श्रेणीका शिक्षकहरूलाई निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उच्च मावि, प्राविधिक धार र विशेष शिक्षा)का सबै शिक्षकको प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने कानुनी व्यवस्था गर्ने ।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिषक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई पनि सूचिकृत गर्ने ।

८. नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सबै शिक्षक, पत्रकार र सुरक्षाकर्मीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९. निम्न मावि तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड मावि द्वितीय श्रेणीका शिक्षकहरूको सरह हुने गरी कायम गर्ने ।



Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान