Skip to main content

Posts

राहत शिक्षकको "सामाजिक सुरक्षा कोषसहित पेशागत निरन्तरता" को मुद्दालाई कार्यान्वयन गर्न सरकार सकारात्मक तर महासंघ विपक्षमा

राहत शिक्षकको "सामाजिक सुरक्षा कोषसहित पेशागत निरन्तरता" को मुद्दालाई कार्यान्वयन गर्न सरकार सकारात्मक तर महासंघ विपक्षमा।अब हुने आन्दोलन महासंघका विरुद्धमा । -नेपाल राहत शिक्षक राष्ट्रिय समिति 

२०७२ सालअघि नियुक्त भएकालाई शतप्रतिशत स्थायी र त्यसपछिलाई बाँकी प्रतिशतमा मिलाउने

  काठमाडौं। साउन मसान्तभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेका प्रमुख दलहरू बीचका विवादित विषयहरूमा सहमति जुटाउन छलफल तीव्र पारिएको छ। यस विधेयकका मुख्य विवादित बुँदाहरू र तीमाथि दलहरूको फरक फरक अडान देखिंदा पारित गर्न ढिलाइ भइरहेको हो। अस्थायी शिक्षकको व्यवस्थापन अस्थायी शिक्षकलाई शिक्षक सेवा आयोगको परीक्षामा दिइने सहुलियतमा दलहरूबीच मतभेद छ: नेपाली कांग्रेस: ७५% आन्तरिक र २५% खुला प्रतिस्पर्धाको पक्षमा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त: ६०% आन्तरिक र ४०% खुला प्रतिस्पर्धाको पक्षमा। नेकपा (माओवादी केन्द्र): संसद्को शिक्षा उपसमितिले प्रस्ताव गरेको ६०-४० को मोडालिटी जस्ताको तस्तै पारित गर्नुपर्ने अडानमा। नेकपा (एमाले): ६०-४० को अडानमा। यद्यपि, राहत शिक्षकहरूको मागअनुसार २०७२ सालअघि नियुक्त भएकालाई शतप्रतिशत र त्यसपछिलाई बाँकी प्रतिशत दिने व्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको छ। विभागीय कारबाहीको प्रक्रिया शिक्षकको विभागीय कारबाहीसम्बन्धी व्यवस्थामा पनि विवाद देखिएको छ: सरकार पक्ष: शिक्षक सेवा आयोगको सिफारिसबिना पालिकाबाट शिक्षकलाई कारबाही गर्न नपाइने।...

प्राथमिक तहको विज्ञापन चैत बैशाखमा हुने गरी वार्षिक कार्यतालिका निर्माण हुँदै

  प्राथमिक तहको विज्ञापन चैत बैशाखमा हुने गरी वार्षिक कार्यतालिका निर्माण हुँदै

Update: प्रा वि विज्ञापन बारे शिक्षक सेवा आयोगले निकाल्यो यस्तो सूचना।

  प्राथमिक तहको शिक्षक पदको नयाँ विज्ञापन तत्काल नखुल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञापनसम्बन्धी फाइल पेश भइसकेको भए पनि मन्त्रालयको स्पष्ट निर्णय नआएसम्म प्रक्रिया अघि नबढ्ने भएको हो ।

शिक्षकको आवधिक बढुवा हुने भन्ने विषयमा सहमति नहुँदा शिक्षा विधेयक पारित हुन ढिलाइ

  शिक्षकको आवधिक बढुवा हुने भन्ने विषयमा सहमति नहुँदा शिक्षा विधेयक पारित हुन ढिलाइ 

Update: सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी सार्वजनिक। प्रा बि विज्ञापन बारे मन्त्रालयको यस्तो धारणा

  सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी सार्वजनिक 

तल्लो तहको शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्दै मन्त्रालय, राय सुझाव पठाउन आग्रह

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिक तहको विज्ञापन रोकेर तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्ने सवालमा सुझाव माग गरेको छ ।  शिक्षक सेवा आयोगको कार्यतालिका अनुसार प्राथमिक तहको विज्ञापन गत २०८२ वैशाख मै खोल्नुपर्नेमा दरबन्दी मिलानकै कारणले प्रभावित भएको छ  ।