शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को हालसम्म १२ वटा विषयको परीक्षाफल सार्वजनिक गरिसकेको छ । तर नतिजा भने, सोचेको जस्तो आउन सकिरहेको छैन् । आयोगले गत हप्ताको मंगलबार साझदेखि लाइसेन्सको परीक्षाफल प्रकाशन शुरू गरेको हो । आयोगले हालसम्म माध्यामिक तहको १२ वटा विषयको नतिजा सार्वजनिक गरिसकेको छ । उक्त १२ वटा विषयको नतिजालाई हेर्दा शिक्षक लाइसेन्सको नतिजा दिनानुदिन खस्किदै गएको अनुमान गर्न सकिन्छ । आयोगले ईलेक्ट्रिकल इञ्जिनीयरिङ, सिभिल इञ्जिनीयरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनीयरिङ, कम्प्युटर विज्ञान, कार्यालय संञ्चालन तथा लेखा, विज्ञान, नेपाली, गणित र सामाजिक विषयको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले माध्यामिक तहको शिक्षक लाइसेनसको परिक्षाको नतिजा सार्वजनि गर्नेक्रम अन्तिम चरणमा पुगेको जनाएको छ । अब सम्भवत अनिवार्य अंग्रेजी विषयको नतिजामात्र आउन बाँकी छ । न्यूनतम ५० अंक प्राप्त गर्ने उम्मेद्वारहरू उत्तीर्ण हुने व्यवस्था अनुसार नतिजा सार्वजनिक गरिएको हो । हालसम्मको नतिजाअनुसार ईलेक्ट्रिकल इञ्जिनीयरिङका लागि ९१ परीक्षार्थी सहभागी थ